आजदेखि सरकारी पक्षको बहस, महान्यायाधिवक्ता बडाललाई ३ घण्टा – Nepal Press

आजदेखि सरकारी पक्षको बहस, महान्यायाधिवक्ता बडाललाई ३ घण्टा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि विपक्षी अर्थात सरकारी पक्षकाे बहस सुरु हुँदैछ ।

संवैधानिक इजलासमा हुने बहसमा विपक्षीका लागि कुल १५ घण्टा समय छुट्टयाइएको छ । जसमध्ये प्रधानमन्त्री र राष्ट्रपतिका सरकारी र निजी कानुन व्यवसायीलाई १४ घण्टा र सभामुख पक्षलाई १ घण्टा दिइएकाे छ ।

सरकारी पक्षबाट आज महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्नेछन् । सरकारी पक्षले गरेकाे आन्तरिक व्यवस्थापन अनुसार महान्यायाधिवक्ता बडालले ३ घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले २ घण्टा बहस गर्नेछन् ।

सरकारी पक्षले पाएकाे १४ घण्टामध्ये प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीका लागि साढे ६ घण्टा समय छुट्टयाइएको छ ।

यसअघि शेरबहादुर देउवासहित १ सय ४६ रिट निवेदककाे तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर