सुजिताको हत्या आरोपमा श्रीमान र देवर पक्राउ – Nepal Press

सुजिताको हत्या आरोपमा श्रीमान र देवर पक्राउ

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान खेतमा उत्खनन गर्दा शंकाष्पद वस्तुहरु फेला परेका थिए । त्यसपछि घटनाको छानविनका लागि उनका श्रीमान मुकेश ठाकुर र देबर रुपेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

सुजिताको माइती पक्षले भने हत्यामा श्रीमानको संलग्नता नरहेको बताएको छ । देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरमाथि उनीहरुको शंका छ ।

पतिराम गाउँका सम्पन्न व्यक्ति हुन् । उनले प्रहरीलाई प्रलोभनमा पारेर अनुसन्धान नै प्रभावित पारेको आरोप माइतीले लगाएका छन् । सुजिताका भाई शिवम् पाण्डेका अनुसार प्रहरीमा उजुरी दिन गए पनि महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश विष्टले दर्ता गर्न मानेका थिएनन् ।

अधिकारकर्मीको पहलमा मधेसी आयोगका अध्यक्ष डा. विजय दत्तको निर्देशनपछि बेपत्ता भएको २३ दिनपछि प्रहरीले शंका लागेर सुजिताको घर नजिकको खेत खनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *