आनन्दमोहन र हरि फुँयालको इजलासमा केपी ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ हुँदै – Nepal Press

आनन्दमोहन र हरि फुँयालको इजलासमा केपी ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेश सभा सचिवालय पनि भ्याकेटमा गएको छ । प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेको थियो ।

कर्णाली प्रदेशका ४ जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारवाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।

एकतर्फी सुनुवाइका आधारमा भएको सो आदेश खारेजीको माग गर्दै ओली पक्षबाट आइतवार भ्याकेट निवेदन दिइएको थियो ।

एमालेको केन्द्रीय कमिटीले नै निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएकाले एमालेको आधिकारिक कार्यकारी कमिटी नै सोही रहेकोले त्यसका कारवाहीलाई मान्यता दिन माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर