थुनिएको मर्स्याङ्दी बग्न थाल्यो, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह – Nepal Press

थुनिएको मर्स्याङ्दी बग्न थाल्यो, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह

चामे । केही घण्टा थुनिएको मर्स्याङ्दी नदी अहिले बग्न थालेको छ । मनाङका सीडीओ विष्णु लामिछानेका अनुसार केहीबेर थुनिने र खुलाउने गर्दागर्दै अहिले दायाँपट्टी च्याप्दै मर्स्याङ्दी बग्न थालेको छ ।

त्यहाँको हुम्डे विमानस्थलको उत्तरी भागदेखि डेढसय मिटर माथि रहेको थुम्का खसेपछि नदी थुनिएको थियो । माथिल्लो मनाङको हुम्डेमा मर्स्याङ्दी आधा घण्टा थुनिएको प्रशासनले जनाएको छ ।

हुम्डेमा बाढीले दायाँपट्टी लो-फेलिङ स्कुलतर्फ च्याप्दै लगेको छ । दायाँबाट पहिरो खस्न थालेको जनाइएको छ । सीडीओ लामिछानेले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । माथि थुनिएको असर तल्लो भेगमा पर्न सक्ने भएकाले सतर्क हुन भनिएको उनले जनाए ।

बाढी ठूलो भएर आउँदा चामेलगायत बस्तीका ठाउँमा मर्स्याङ्दी वारिपारिसम्म बगेको छ । चामेमा घट्टेखोलाको बाढीले ढुंगामुढा बगाएर केही समथर भागमा थुपारेपछि बाढीले तालको रुप लिएको छ । चामेमा निर्माण गरिएको बेलिब्रिजको माथिबाट बाढी बग्न थालेको छ । त्यहाँ पारिपट्टीका घरहरु डुबेका छन् ।

जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पानी खुलाउने प्रयास भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *