मेलम्चीमा पहिरो गयो, स्थानीयवासीको भागदौड – Nepal Press

मेलम्चीमा पहिरो गयो, स्थानीयवासीको भागदौड

काठमाडौं । मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको छ । पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएका छन् ।

बेलुकी साढे ६ बजे ठूलो पहिरो गएको स्थानीय दोर्जे तामाङले बताए । परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिएको थियो । त्यसले गर्दा खोला झन् उर्लेको तामाङको भनाइ छ ।

राति पहिरो गएकाले अहिलेसम्म त्यहाँ भएको क्षतिको आँकलन हुन सकेको छैन । यद्यपि, पहिरोमा कोही पनि नपरेको हुन सक्ने अनुमान गरिएको छ । पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे÷नपुगेको पनि एकिन हुन नसकोको तामाङले बताए ।

‘रातिको समय भएकाले प्रहरीलाई खबर गर्न सकिएको छैन, नदी आसपासका मानिसहरु को कता भागेका छन् भन्ने पनि एकिन छैन,’ उनले भने ।


प्रतिक्रिया

One thought on “मेलम्चीमा पहिरो गयो, स्थानीयवासीको भागदौड

  1. परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिएको थियो । These people are doing things in a wrong time.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर