सुदूरपश्चिममा माधव पक्षद्वारा ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन निलम्बन – Nepal Press

सुदूरपश्चिममा माधव पक्षद्वारा ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन निलम्बन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहमुमतमा रहेको माधव नेपाल पक्षले ओली पक्षका सात सांसदमाथि कारवाही गरेका छ ।

उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन् ।

विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिनका लागि निलम्बन गरिएको हो । यस्तै बलदेव र रेग्मी लिलाधर भट्टराई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र नेपाली चौधरीलाई ७ दिनका लागि निलम्बन गरिएको छ ।

संसदीय दलको ह्वीप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा पनि ‘हुन्न’ भनेकाले कारवाही गरिएको विकले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर