काठमाडौं उपत्यकामा सोमबार थपिए ६०७ संक्रमित – Nepal Press

काठमाडौं उपत्यकामा सोमबार थपिए ६०७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ६०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जना संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा ८,१८२ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा २,४३४ र ललितपुरमा ३,४४२ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर