भारतमा एकैदिनमा २२ सयले गुमाए ज्यान, दैनिक संक्रमण १ लाखभन्दा कम – Nepal Press

भारतमा एकैदिनमा २२ सयले गुमाए ज्यान, दैनिक संक्रमण १ लाखभन्दा कम

दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणका कारण २ हजार २१९ जनाको मृत्यु भएको छ । पछिल्लो केहि दिनयता मृत्यु हुनेको संख्यामा कमि आएको देखिएको छ ।

२४ घण्टामा ९२ हजार ५९६ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ६२ हजार ६६४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यहाँ अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ९० लाख भन्दा बढी छ भने २ करोड ७५ लाख संक्रमण मुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल ३ लाख ५३ हजार ५२८ जनाले ज्यान गुमाइसकेका छन् भने १२ लाख ३१ हजार ४१५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर