कांग्रेसले सुदूरपश्चिम सरकार ढल्न नदिने- कम्युनिष्टकै बहुमत पुगे ‘नो भोट’, नत्र पक्षमा मतदान – Nepal Press

कांग्रेसले सुदूरपश्चिम सरकार ढल्न नदिने- कम्युनिष्टकै बहुमत पुगे ‘नो भोट’, नत्र पक्षमा मतदान

धनगढी । नेपाली कांग्रेसले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई जसरी पनि टिकाउने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले आज विश्वासको मत दिने बेला ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

कांग्रेस ससदीय दलका प्रमुख सचेतक टेकवहादुर रैकाले सरकार जसरी पनि टिकाउने निर्णय भएको बताए । यसअघि कांग्रेस बैठक चलिकरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्ट र एमाले संसदीय दलका नेता प्रकाश शाह पनि पुगेका थिए ।

सोमवार कांग्रेस सभापति शेरवहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । रैकाले कुनै पनि हालतमा सरकार टिकाउने निर्णय भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ