सुन र चाँदीको मूल्यमा सामान्य गिरावट – Nepal Press

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तिँदै १ हजार ३५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर