पुनर्गठित संवैधानिक इजलासप्रति महान्यायाधिवक्ताको आपत्ति,अस्तिका न्यायाधीश किन हटाइयो ? – Nepal Press

पुनर्गठित संवैधानिक इजलासप्रति महान्यायाधिवक्ताको आपत्ति,अस्तिका न्यायाधीश किन हटाइयो ?

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि पुनर्गठित संवैधानिक इजलासप्रति महान्यायाधिक्ता रमेश बडालले असहमति जनाएका छन् ।

इजलासमा सुनुवाइ शुरू भएलगत्तै महान्यायाधिवक्ताले यसअघिको इजलासमा भएका दुईजना न्यायाधीशलाई किन हटाइयो र आफैं छाडेका दुईजनालाई किन फेरि राखियो ? भन्दै प्रश्न उठाएका छन् ।

महान्यायाधिवक्ताले भने, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ । अस्तिको विषयबाट हामी शुरु गर्छौं । अस्तिको इजलासमा भएकालाई किन हटाइयो ?’

विगतमा हरिकृष्ण कार्कीले केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको र संवैधानिक इजलासमा अरु पनि न्यायाधीश रहेकोले अलग भएको घोषणा गरेको दृष्टान्त पेस गर्दै बडालले इजलास समक्ष गम्भीर प्रश्न उठेको बताए ।

उनले भने, ‘प्रधानन्यायाधीशले हस्ताक्षर नगरी २ जनाले मात्रै हस्ताक्षर गरेको कागजको कानूनी हैसियत के हो ? अस्तिका २ न्यायाधीशको कागजलाई हाम्रो संवैधानिक प्रक्रियाले चिन्दैन । कसैले प्रश्न उठाउँदैमा इजलास छाड्नुपर्ने हो ? अमुक वकिलले प्रश्न उठाए इजलास फेरिने नत्र नफेरिने भन्ने हो र श्रीमान ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर