निको हुने बढ्दा सक्रिय संक्रमित १ लाखबाट ओरालो, शुक्रबार ६६५३ संक्रमित थपिए – Nepal Press

निको हुने बढ्दा सक्रिय संक्रमित १ लाखबाट ओरालो, शुक्रबार ६६५३ संक्रमित थपिए

थप १०१ जनाको मृत्यु

काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ६६५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु पुष्टि भएको छ ।

१४ हजार १८२ पीसीआर र ६६३१ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ८६६३ जना निको भएर घर फर्किएका हुन् ।

सक्रिय संक्रमित संख्या एकलाख भन्दा तल झरेको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ६९९ मा झरेको छ । निको हुने दर ८१.९ प्रतिशतले वृद्धि हुँदा सक्रिय संक्रमित संख्या झरेको हो ।

कूल संक्रमित संख्या ५ लाख ८१ हजार पुगेको छ । कूल मृतक संख्या ७७३१ पुगेको छ । ४ लाख ७६ हजार जना निको भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर