सुनको मूल्य तोलामा दुई सयले बढ्यो
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ जेठ १७ गते ११:३१
![](https://www.nepalpress.com/wp-content/uploads/2021/02/gold-price-1597748581.jpg)
काठमाडौं । सुनको मूल्य सोमबार नेपाली बजारमा तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ ।
आइताबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३६० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर