राष्ट्रपतिद्वारा २०५० सम्म नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने घोषणा – Nepal Press

राष्ट्रपतिद्वारा २०५० सम्म नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने घोषणा

हरियाली विकास विश्व सम्मेलनलाई सम्बोधन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्र्सजनमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपाल अडिग रहेको बताएकी छिन् ।

दक्षिण कोरियाको आयोजनामा आइतबारदेखि सुरु भएको हरियाली विकास तथा विश्व लक्ष्य (पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअलरुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

सोमबारसम्म चल्ने उक्त सम्मेलनलाई विश्व नेताहरुले भर्चुअलरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । जलवायु लगानी र प्रविधिमार्फत अल्पविकसित मुलुकलाई कोभिड क्षतिबाट उकास्नको लागि समावेशी हरियाली पुनर्उत्थान कार्यक्रम महत्वपूर्ण हुने उनको भनाई थियो ।

जलवायु नीति र कार्यक्रममार्फत महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कुरामा राष्ट्रपतिले जोड दिएकी थिइन् ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा ४० देशका सरकार प्रमुख र अन्तर्राष्ट्रिय संगठनका २१ जना प्रमुख सम्मेलनमा सहभागि छन् ।

सम्मेलनको उद्देश्य जलवायु परिवर्तनबारे विश्व सहभागिता तथा आउँदो वर्ष बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु सम्मेलन कोप–२६ लाई योगदान दिने रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।

सम्मेलनले घोषणापत्र समेत जारी गर्ने जनाइएको छ ।


प्रतिक्रिया

One thought on “राष्ट्रपतिद्वारा २०५० सम्म नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर