गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना – Nepal Press

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।

अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर