खोप लिन हिमालय र नेपाल एयरलाइन्सका विमान चीन जाँदै – Nepal Press

खोप लिन हिमालय र नेपाल एयरलाइन्सका विमान चीन जाँदै

काठमाडौं । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १० लाख डोजमध्ये २ लाख खोप आइतबार काठमाण्डौं आइपुग्ने भएको छ ।

स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त जानकारी दिए ।

उनका अनुसार उक्त २ लाख डोज खोप तिब्बतबाट ल्याउन लागिएको हो । बाँकी आठ लाख खोप जुन २ तारिखभित्र ल्याइने भएको छ । परराष्ट्र मन्त्रालयले पनि खोप ल्याउन लागेको जनाएको छ ।

खोप ल्याउन नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्सका विमान चीनतर्फ जाँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच भएको टेलिफोन वार्तामा चीनले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर