धरान प्रहरी चौकीमा आक्रमण : असईसहित तीन प्रहरी घाइते – Nepal Press

धरान प्रहरी चौकीमा आक्रमण : असईसहित तीन प्रहरी घाइते

काठमाडौं । धरानमा स्थानीय दुई  समूहबीच एक आपसमा झडप भएको छ । झडपमा परि चौकीमा जाहेरी दिन आएका दुई जनाले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै गर्दा अर्काे समूहले प्रहरी चौकी नै तोडफोड गरेर भागेका छन् ।

स्थानीय बासिन्दाहरुको झडप भएको र दुई जना प्रहरी चाैकीमा उजुरी दिन आएको बेला अचानक आठ-नौ जनाको समूहमा माक्स लगाई आएकाहरुले चौकीमा आक्रमण गरी भागेको धरानका प्रहरी इन्सपेक्टर हेमराज ओलीले नेपाल प्रेसलाई बताए ।

जाहेरी दिन आएकाले प्रहरीलाई अर्काे पक्षले आफूहरुलाई काट्न खोजेको  बताउँदै थिए । उनीहरुको कुरा सुन्दा सुन्दै अर्काे समूहले चौकीमा आक्रमण गरी भागेको ओलीले बताए । आक्रमणमा असई सुमन दाहाल गम्भीर घाइते भएका र दुई प्रहरी सामान्य घाइते भएकाे इन्सपेक्टर ओलीले बताए । उनीहरुको अहिले खोजी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर