सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्ब्याइयो – Nepal Press

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्ब्याइयो

सिन्धुपाल्चोक । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एकहप्ता थप गरिएको छ । कोरोना संक्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एक हप्ता थपिएको जानकारी दिएका छन् । जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो ।

जिल्लामा संक्रमितको संख्या हालसम्म दुई हजार दुईसय ४२ पुगेको र सक्रिय संक्रमित एक हजार आठ सय ८५ पुगेको छ भने मृतकको संख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *