सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको स्पष्टीकरण, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको आरोप – Nepal Press

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको स्पष्टीकरण, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको आरोप

कैलाली । नेकपा एमाले सुदूरपश्चिम कमिटीले माओवादी नेतृत्वको सरकारमा सहभागी प्रदेशका तीन मन्त्रीलाई कारवाही प्रक्रिया थालेको छ ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भन्दै उनीहरूसँग जवाफ मागिएको छ ।

यो पनि पढ्नुहोस् : स्पष्टीकरणको चेतावनीकै बीच माओवादी सरकारमा मन्त्री थप्ने माधव पक्षको तयारी

सोमबार एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

बुधबार दलको बैठकले भने केन्द्रको निर्देशनविपरीत माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर