घरेलु हतियार प्रयोग गरी छोराको हत्या गर्ने बाबु पक्राउ – Nepal Press

घरेलु हतियार प्रयोग गरी छोराको हत्या गर्ने बाबु पक्राउ

रूपन्देही । बाँकेको कोहलपुरमा बाबुले छोराको हत्या गरेका छन् ।

कोहलपुर-१२ चप्परगौडीका ठाकुर ओलीले १८ वर्षको छोरा पोषण ओलीलाई बुधबार राति घरेलु हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए ।

घरेलु हतियारले प्रहार गरेपछि गम्भीर घाइते भएका पोषणलाई भेरी अस्पताल नेपालगन्ज पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

छोराको हत्या गर्ने बाबुलाई घरबाटै पक्राउ गरिएको र घरयासी झगडाका कारण हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *