संक्रमितको शव निःशुल्क व्यवस्थापन गर्दै ओमसतिया गाउँपालिका – Nepal Press

संक्रमितको शव निःशुल्क व्यवस्थापन गर्दै ओमसतिया गाउँपालिका

रुपन्देही । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या भएपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाले आफैले व्यवस्थापन सुरु गरेको छ । नेपाल आर्मीले शव व्यवस्थापन गर्ने गरे पनि झन्झटिलो र ढिला हुन थालेपछि गाउँपालिका आफैं अघि सरेको हो ।

गाउँपालिकाका अध्यक्ष हिरा केवटले गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन र घरमै मृत्यु हुने कोराना संक्रमितको शव व्यवस्थापन सुरु गरेको बताए । २ साताअघि ओमसतिया गाउँपालिका–२ कर्मडाँडाका ५१ वर्षीय चन्द्रबहादुर गुरुङको कोभिडका कारण मृत्यु हुँदा शव उठाउन कसैले आँट नगरेपछि आफैंले शव व्यवस्थापन गरेको बताउँदै केवटले गाउँपालिकाका ४ जनालाई दैनिक ज्यालादारीका आधारमा शव व्यवस्थापनको जिम्मेबारीमा खटाइएको जानकारी दिए ।

‘अहिले हामीले सुरुमा परिबारलाई शव व्यवस्थापन गर्ने इच्छा भए स्वास्थ्य मापदण्ड सवै पालना गरेर शव व्यवस्थापनका लागि अनुरोध गर्दछौ । यदि परिवारले त्यसो नगरे हामीले निशुल्क रुपमा शव व्यवस्थापन गर्छौं,’ उनले भने ।

हालसम्म गाउँपालिकाले ५ जनाको शव व्यवस्थापन गरिसकेको छ । सुरुसुरुमा होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव घरकै सदस्यले नउठाउने गरेको भए पनि अहिले भने शव व्यवस्थापनमा धेरै सहज भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर