महान्यायाधिवक्ताको प्रश्न : संविधानमा भएको व्यवस्था जस्ताको त्यस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ? – Nepal Press

महान्यायाधिवक्ताको प्रश्न : संविधानमा भएको व्यवस्था जस्ताको त्यस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?

काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले नागरिकता सम्बन्धी अध्यादेशले कसरी राष्ट्रघात गर्‍यो भनेर प्रमाणित गर्न चुनौति दिएका छन्। सोमबार अध्यादेशबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा बडालले संविधानमा भएको व्यवस्था अनुसार ऐन ल्याउँदा कसरी राष्ट्रघात हुन्छ भन्दै प्रश्न समेत गरे।

‘यसले राष्ट्रघात गर्‍यो भनेर केही भूतपूर्व माननीयले भन्नुभयो, केही भूतपूर्व माननीयले फिजिकरण गर्छ भन्नुभयो,’ बडालले भने, ‘मेरो प्रश्न छ- उहाँहरुले कुन संविधान अन्तर्गत सपथ खानु भएको हो ? कुन संविधान अनुसार उहाँहरुले नागरिकता प्राप्त गर्नुभयो ? यदि नेपालको संविधानलाई मान्ने सपथ खानु भएको छ भने संविधानमा भएको व्यवस्था जस्ताको त्यस्तै ऐनमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’

महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालतका फैसला कार्यान्वयन गराउने एजेन्सी समेत भएको भन्दै उनले त्यो कार्यान्वयन नगराउँदा अपहेलनाको मुद्दा समेत लाग्न सक्ने भएकाले आफूहरुकै पहलमा अध्यादेश आएको बताए।

‘यो अध्यादेशको सुरुवात महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा भएको हो, किन भन्दा सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन एजेन्सी महान्याधिवक्ता कार्यालय पनि हो,’ बडालले भने, ‘सम्मानित सर्वोच्च अदालतले थुप्रै मुद्दामा आदेश गरिसकेको र त्यही आदेश कार्यान्वयन नहुँदा अपहेलाका मुद्दा आउन सक्ने र थुप्रै नेपाली नागरिकले अदालत नगएसम्म नागरिकता नपाउने स्थिति अन्त्य गर्नका लागि हामीले पहल गरेका हौं र हामीले अनुरोध गरेका हौं ।’

उनले नागरिकता सम्बन्धी ऐन संसदले टुंग्याएर अगाडि बढाउने काम संसदले नगरेको समेत आरोप लगाए। ‘यस सम्बन्धी विधेयक २०७५ साल साउन २२ गते संसदमा प्रवेश गरेको होे,’ उनले भने, ‘तीन वर्ष हुन लागेको थियो । संसदमा बिजेन दिइएन भन्ने तर पाएको बिजेनसमा काम नगर्ने काम गएको संसदमा भएको थियो । यसको ज्वलन्त उदारण नागरिकता विधेयक पनि हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर