कमल थापाको टिप्पणी- नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रहितविपरीत र आपत्तिजनक – Nepal Press

कमल थापाको टिप्पणी- नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रहितविपरीत र आपत्तिजनक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधीन अध्यादेश सत्ता स्वार्थको निम्ति ल्याएको आरोप लगाउँदै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

‘नागरिकता विधेयक संसदमा विचाराधिन छ,’ थापाले भनेका छन्, ‘तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु । यो राष्ट्रहितविपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद थियो ।

सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।

जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर