हवाइजहाज यात्रुका लागि नेपाली दूध – Nepal Press

हवाइजहाज यात्रुका लागि नेपाली दूध

काठमाडौं । नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल वायुसेवा निगमसँगको छलफलपछि सो निर्णय गरिएको हो ।

नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिइन्।

नेपालमा एक अन्तरराष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन् । सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन छन् । नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् ।

हवाइजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर