ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक – Nepal Press

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ ।

अध्यक्ष ओलीले माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारवाहीको संकेत गरेका छन् ।


प्रतिक्रिया

One thought on “ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर