सुनको मूल्य तोलामा ४ सयले घट्यो – Nepal Press

सुनको मूल्य तोलामा ४ सयले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले सस्तिदैं प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर