राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन कांग्रेस तयार – Nepal Press

राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन कांग्रेस तयार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले छलफल थालेको छ ।

आज बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि तयार रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरित काम गरेको भन्दै आज साँझ ५ बजेअघिनै सबै विकल्प प्रयोग गरेर यो प्रवृतिलाई परास्त गर्ने निर्णय लिएको छ ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा आज विहान बसेको पदाधिकारी बैठकमा ५ बजे अघि नै केही न केही उपाय निकाल्ने र त्यसका लायि अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर