सभापति देउवाले डाके कांग्रेसको आकस्मिक बैठक – Nepal Press

सभापति देउवाले डाके कांग्रेसको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक आह्वान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकाे लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुकाे बैठक शुक्रबार बिहानका लागि बाेलाइएकाे हाे ।

देउवा निवास बुढानिलकण्ठमा नाै बजेपछि बस्ने बैठकमा पदाधिकारी , पूर्व पदाधिकारी , संसदीय दलका पदाधिकारी र केही प्रभावशाली नेताहरूलाई समेत बाेलाईएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर