तमोर करिडोरमा निर्माणाधीन पुलबाट खसेर एक मजदुरको मृत्यु – Nepal Press

तमोर करिडोरमा निर्माणाधीन पुलबाट खसेर एक मजदुरको मृत्यु

ताप्लेजुङ । तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको खसेर मृत्यु भएको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा खसेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ । घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *