सुनको मूल्य तोलामा ४ सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा एक सयले घटेको सुनको मूल्य आज भने बढ्न पुगेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर