भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ – Nepal Press

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

मोरङ । रंगेली नगरपालिका -३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

तिलुवा चोकको नहरमा बुधबार बिहान अनिताको शव फेला परेको थियो । अनिता र बिनोद बीच विवाद भई झै-झगडा हुँदा मंगलबार राति बिनोदले दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएपछि बिनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा तत्काल मृतकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *