नवलपरासीकाे दाउन्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु – Nepal Press

नवलपरासीकाे दाउन्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

रूपन्देही । प”र्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट-दाउन्ने सडकखण्डमा आज बिहान यात्रु बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रले जानकारी दिए ।

काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा परि घाईते भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्दार गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *