लुम्बिनी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशनको समावेदन अश्वीकार – Nepal Press

लुम्बिनी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशनको समावेदन अश्वीकार

रूपन्देही । लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको विशेष अधिवेशनको समावेदनलाई अश्वीकार गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन २६ वैशाखमा निवेदन दिएका थिए ।

संविधानको धारा १८३ (३) अनुसार अधिवेशन बोलाउन माग गरिएकोमा १८८ (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको यादवले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर