सुनको मूल्य तोलामा तीन सयले वृद्धि, आजको मूल्य कति ? – Nepal Press

सुनको मूल्य तोलामा तीन सयले वृद्धि, आजको मूल्य कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायमा थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा पनि तोलामा पाँच रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर