एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित,सदस्यहरु खबर पर्खिदै – Nepal Press

एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित,सदस्यहरु खबर पर्खिदै

काठमाडौं । नेकपा एमालेको पुनर्मिलनका लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक आज बस्ने भनिए पनि वार्ता टोलीका नेताहरुबीच छलफल जारी रहेकाले अनिश्चित भएको छ ।

अध्यक्ष केपी शर्मा अ‍ोली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखामा सामान्य समस्या देखिएकाले अस्पताल जार्नुपरेका कारण समय अनिश्चित भएको हो ।

वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म वार्ता कहाँ र कतिबेला हुने भन्ने खबर नआएको नेपाल प्रेसलाई बताए । वार्ता टोलीलाई चाँडो सहमति मस्यौदा बनाउन दवाव छ ।

वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर