प्रधानमन्त्रीले भने- संसद जिउँदै छ, अध्यादेशबाट बजेट ल्याउने आवश्यकता नै पर्दैन – Nepal Press

प्रधानमन्त्रीले भने- संसद जिउँदै छ, अध्यादेशबाट बजेट ल्याउने आवश्यकता नै पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छँदै अध्यादेशबाट बजेट नल्याइने प्रष्ट पारेका छन् । बजेटअघि नै संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने कतिपयको आशंकालाई चिर्दै ओलीले यस्तो बताएका हुन् ।

संसद जिवितै भएको भन्दै ओलीले अध्यादेशको आवश्यकता नपर्ने बताए । ‘पार्लिआमेन्ट जिउँदै छ, त्यतातिर जाने आवश्यकता नै पर्दैन,’ सिंहदरबारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि पत्रकारसँग ओलीले भने ।

ओलीले अब एमाले एकजुट भइसकेको समेत प्रतिक्रिया दिए । ओली-नेपाल वार्तापछि एमाले भित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर