महामारीमा बढी भाडा असुल्ने दुई एम्बुलेन्ससहित चालक नियन्त्रणमा – Nepal Press

महामारीमा बढी भाडा असुल्ने दुई एम्बुलेन्ससहित चालक नियन्त्रणमा

जनकपुरधाम । कोरोना महामारीका बेला बढी भाडा असुली गर्ने दुई एम्बुलेन्ससहित चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

ना.२.च.३२५६ र ना.३ च. ८१९९ नम्बरको एम्बुलेन्स र दुवै एम्बुलेन्सका चालक पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका ९ का ३५ वर्षीय कमरुदिन रायभर र बिन्दबासिनी गाउँपालिका १ का २२ वर्षीय बीरबल मुखिया रहेका छन् ।

बीरगञ्ज महानगरपालिका १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

उनीहरुले सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी भाडा लिएको पाइएको प्रहरीको दावी छ । कोरोना महामारीमा जोखिम मोलेर एम्बुलेन्स चलाउनु परेको बहानामा एम्बुलेन्स चालकहरुले विरामीसँग बढी भाडा असुल्ने क्रम बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर