आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग – Nepal Press

आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका -८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गरेका हुन् ।

चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले संकलन गरेका १८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको चन्द्रागिरि-८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।

कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गरे । ‘मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु,’ उनले भने ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर