नेपाललाई पुग्ने गरि अमेरिकाले खोप उत्पादन गर्नुपर्छ : सिनेटर एड मर्की – Nepal Press

नेपाललाई पुग्ने गरि अमेरिकाले खोप उत्पादन गर्नुपर्छ : सिनेटर एड मर्की

काठमाडौं । अमेरिकी सिनेटर तथा संसदको नवीकरणीय ऊर्जा, जलवायु तथा आणविक सुरक्षा समितिका अध्यक्ष एड मर्कीले नेपालसहित विश्वलाई उपलब्ध हुने गरी अमेरिकाले खोप उत्पादन गर्नुपर्ने बताएका छन् ।

ट्वीटमार्फत उनले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै सहायतालाई अमेरिकाले अभिवृद्धि गर्नुपर्ने पनि जनाएका छन् ।

कोभिड-१९ को कारण नेपालमा मृत्यु भएकाको अवस्था हेरेर आफू स्तब्ध भएको उल्लेख गर्दै मर्कीले महामारीविरुद्ध नेपाललाई सहयोग गर्नुपर्ने खाँचो औंल्याएका हुन् ।

म्यासाचुसेट् राज्यका सांसद समेत रहेका मर्कीले पूर्वी एसिया र प्यासिफिकको अमेरिकी मामिला पनि हेर्छन् ।

नेपालको कोभिड संक्रमण अवस्थालाई लिएर विहिबार अमेरिकी संसदको वैदेशिक मामिला समितिमा छलफल भएको थियो । उक्त छलफलमा सांसदहरुले नेपाललाई तत्काल आफ्ना नियोगबाट सहयोग गर्नुपर्ने उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर