लगातार बढिरहेको सुनको मूल्यमा लाग्यो ब्रेक, तोलामा तीन सयले घट्यो – Nepal Press

लगातार बढिरहेको सुनको मूल्यमा लाग्यो ब्रेक, तोलामा तीन सयले घट्यो

काठमाडौं । लगातार केही समयदेखि बढिरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घट्दै ९२ हजार प्रतितोला भएको छ ।

आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर