माधव नेपाल र भीम रावल देउवा निवासमा, वैकल्पिक सरकार बनाउने उपाय खोजिँदै – Nepal Press

माधव नेपाल र भीम रावल देउवा निवासमा, वैकल्पिक सरकार बनाउने उपाय खोजिँदै

काठमाडौं । राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकारको दावी पेश गर्न प्रयासरत कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमालेका नेता माधवकुमार नेपाल मंगलबार साँझ बुढानिलकण्ठ पुगेका छन् ।

नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताले सरकार गठनमा कसैको सहयोगी बन्ने भन्दा पार्टी अध्यक्ष केपी ओलीलाई नै एकताका लागि दबाब दिनुपर्ने मत राखेपछि संकटमा परेका नेता नेपाल देउवालाई भेट्न गएका हुन् ।

नेपाललाई दह्रिलो साथ दिइरहेका अर्का नेता भीम रावल पनि देउवासँगको वार्तामा सहभागी रहेको स्रोतले जनाएको छ । नेपाल, रावल लगायतका नेता सांसद पदबाट राजीनामा गरेर भने पनि अ‍ोलीको विरुद्ध संसदमा बहुमत पुर्याउन सघाउनुपर्ने पक्षमा छन् ।

तर नेपाल पक्षमै राजीनामा दिने, पार्टी फुटाउने र कांग्रेसको सरकार बनाउन सघाउने विषयमा एकमत हुन सकेको छैन । यसअघि नेपाल र रावलले देउवालाई आफूहरु ओली सरकार ढाल्न आवश्यक सांसदको राजीनामा गराउन तयार रहेको आश्वासन दिएका थिए ।

त्यसबापत कांग्रेस र माओवादीले उपचुनावमा राजीनामा गरेका एमालेका सांसदलाई जिताउनुपर्ने प्रतिबद्धता मागेको बताइन्छ । देउवा आफ्नो नेतृत्वमा सरकार गठनको प्रक्रियामा अघि बढेका बेला माधव नेपालसँग भेट गरेका हुन् ।
मंगलबारै बसेको कांग्रेस पदाधिकारी बैठकले पनि एमालेको माधव नेपाल पक्षलाई समेत समेटर नयाँ सरकार गठनको प्रक्रियामा अघि बढाउने निर्णय गरेको थियो । नेपाल पक्षका सांसदले राजीनामा गरे सरकार गठनमा संख्या पुग्ने देउवाको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर