चिनियाँ खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक – Nepal Press

चिनियाँ खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौं कोभिड १९ बिरुद्धको खोप चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८/०१/२२ गतेको निर्णय अनुसार यही जेठ २ गते देखि चिनियाँ भेरोसेल खोप लगाउने तालिका सूची सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालयले आज एक सूचना जारी गरी काठमाडौं महानगर सहित ९ वटा पालिकाहरुमा खोप केन्द्र तोकेको छ ।

यस अवधिमा १८ देखि ५९ बर्ष उमेरका व्यक्तिहरुलाई कोभिड १९ बिरुद्धको खोप (भेरोसेल दोश्रो मात्रा) लगाउने कार्यक्रम रहेको छ ।
कोभिड १९ बिरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम खोप लगाइने छ । यसअघि खोप लगाएकाहरुलाई भेरोसेल दोश्रो मात्रा लगाइने छ ।

खोप अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी संचालन गर्नु भई कोभिड १९ रोग रोकथाम र नियन्त्रण कार्यमा सहयोग गरिदिनु स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *