गोली प्रहारबाट रुसी विद्यालयमा विद्यार्थी र शिक्षकसहित ११ जनाको मृत्यु – Nepal Press

गोली प्रहारबाट रुसी विद्यालयमा विद्यार्थी र शिक्षकसहित ११ जनाको मृत्यु

मस्को । दुई बन्दुकधारीले गोली चलाउँदा रुसको पश्चिममा पर्ने कजान सहरस्थित एक विद्यालयका ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १० जना विद्यार्थी र एक शिक्षक छन् ।

स्थानीय संचारमाध्यमका अनुसार एक बन्दुकधारी किशोरको पहिचान भएको छ । अर्का बन्दुकधारीको चाहिँ प्रहरीको जवाफी कार्वाहीमा मृत्यु भएको छ ।

घाइतेहरुलाई अस्पताल लगिएको छ । जारी तस्विरहरुमा घटनापछि प्रहरीले स्कुल घेराउ गरेको देख्न सकिन्छ ।

प्रत्यक्षदर्शीले बताएअनुसार गोलीबारी हुनुअघि त्यहाँ विस्फोटको आवाज सुनिएको थियो । थुप्रै विद्यार्थीले झ्यालबाट भागेर ज्यान जोगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर