माओवादीलाई प्रधानमन्त्रीले भने- अझै पनि केही विग्रेको छैन, फेरि मत दिए भइगो – Nepal Press

माओवादीलाई प्रधानमन्त्रीले भने- अझै पनि केही विग्रेको छैन, फेरि मत दिए भइगो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग पनि विश्वासको मत मागेका छन् ।

पार्टी अलग हुँदा पनि समर्थन फिर्ता लिएको ओलीले बताए । ‘पार्टी अलग भइसक्दा, विश्वासको मत छैन भन्दा पनि सर्मथन फिर्ता लिनु भएन,’ ओलीले भने।

आफूले विश्वासको मत लिने निर्णय गरेपछि मात्रै समर्थन फिर्ता लिएको भन्दै फेरि पनि मत दिन आग्रह गरे।

‘म आफैंले विश्वासको मत लिन्छु भन्दा समर्थन फिर्ता लिनु भयो,’ ओलीले ठट्यौली शैलीमा भने, ‘फिर्ता भएको तीन चार दिन भयो । त्यसैले अझै पनि केही विग्रको छैन्, फेरि मत दिए भइगो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर