विष्णु पौडेलसँगको वार्तापछि योगेशले भने- हामी सग्लो एमालेको पक्षमा छौं (भिडियो) – Nepal Press

विष्णु पौडेलसँगको वार्तापछि योगेशले भने- हामी सग्लो एमालेको पक्षमा छौं (भिडियो)

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू सग्लो एमालेको पक्षमा रहेको बताएका छन् ।

संस्थापन पक्षका नेता विष्णु पौडेलसँगको वार्तापछि सिंहदरबारमा बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता भट्टराईले संसदमा अनुपस्थित रहने निर्णय यथावत रहेको र सहमतिका लागि अन्तिमसम्म प्रयास गरिने बताए ।

‘हाम्रो निर्णय भइसकेको छ । अन्तिमसम्म पार्टी एकता जोगाउन जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ’, भट्टराईले भने । माधव नेपाल पक्षको निर्णयमा असहमति हो ? भन्ने प्रश्नमा भट्टराईले भने- त्यस्तो कुनै असहमति छैन, हामी सग्लो एमालेको पक्षमा छौं ।


प्रतिक्रिया

One thought on “विष्णु पौडेलसँगको वार्तापछि योगेशले भने- हामी सग्लो एमालेको पक्षमा छौं (भिडियो)

  1. यो सकुनिलाइ बार बार किन बार्ताको नाममा भेटिरहनु पर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर