एमाले जोगाउन ‘अन्तिम प्रयास’ स्वरूप ओली-माधव पक्षका नेता वार्तामा (भिडियो) – Nepal Press

एमाले जोगाउन ‘अन्तिम प्रयास’ स्वरूप ओली-माधव पक्षका नेता वार्तामा (भिडियो)

काठमाडौं । विभाजनको डिलमा पुगेको एमाले जोगाउने कसरत स्वरुप अहिले दुवै पक्षका नेता वार्तामा बसेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन् ।

सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता चलिरहेको हो ।

ओलीको आधिकारिक प्रतिनिधि बनेर पौडेल र नेम्वाङ सिंहदरबार पुगेका हुन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले सामूहिक राजीनामाको तयारी गरिरहेका बेला एमालेको दुवै पक्ष वार्तामा जुटेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर