भेन्टिलेटर नहुँदा कोरोनाभाइरस संक्रमित वडाध्यक्षको मृत्यु – Nepal Press

भेन्टिलेटर नहुँदा कोरोनाभाइरस संक्रमित वडाध्यक्षको मृत्यु

कैलाली । बाजुरामा एक वडाध्यक्षको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका वडा नं-९ का वडाध्यक्ष विनोदकुमार विकको भाइरस संक्रमणबाट ज्यान गएको हो । शनिबार जिल्ला अस्पताल बाजुरामा एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उनलाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो ।

उपचारको लागि डडेल्धुरा लैजाने क्रममा अछामको साँफेबगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदन जित महराले जानकारी दिए । उनलाई अक्सिजन सहित भ्यान्टिलेटरको आवश्यकता पर्ने भएकोले अस्पतालबाट रिफर गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार अध्यक्ष विक एक हप्ता अघिदेखि नै विरामी भएका र शनिबार उपचारका लागि अस्पताल लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर