माधव पक्षका तीन नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासतर्फ – Nepal Press

माधव पक्षका तीन नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासतर्फ

काठमाडौं । नेकपा एमालेको एकता जोगाउने अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत छलफल भइरहेको स्रोतले जनाएको छ ।

छलफलका लागि माधव नेपाल पक्षका नेताहरू घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई दिउँसैदेखि बालुवाटारमा छन् । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा छन् ।

स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता पनि एमाले एकता कायम गर्ने छलफलहरूमा सामेल छन् । माधव पक्षका यी चार नेतासँग केही दिनयता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलले निरन्तर छलफल गरिरहेका छन् ।

पार्टीलाई कुनै न कुनै रुपमा जेठ २, २०७५ को अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन माधव पक्ष नेताहरुले जोड दिएका छन् । एकता प्रयास जारी रहे पनि बुँदागत रुपमा टुंगो लागिनसकेको वार्तामा सहभागी एक नेताले बालुवाटारबाट बताए ।

यसैबीच नेताहरुबीच एकताको प्रयास भइरहेका बेला उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । पार्टी एकता कायम गर्न राष्ट्रपतिले एमालेका शीर्ष नेताहरुसँग छलफल जारी राखेका बेला पोखरल शीतल निवास गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर