शुक्रबार भारतमा ४ लाख १४ हजार संक्रमित, ३,९१५ जनाको मृत्यु – Nepal Press

शुक्रबार भारतमा ४ लाख १४ हजार संक्रमित, ३,९१५ जनाको मृत्यु

नयाँ दिल्ली । शुक्रबार भारतमा कोरोनाभाइरसका ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,९१५ जनाको मृत्यु भएको छ ।

भारतको कूल संक्रमित संख्या २ करोड १४ लाख ९१ हजार पुगेको छ । १ करोड ७६ लाख जना निको भएका छन् । २ लाख ३४ हजारभन्दा बढीको भाइरसले मृत्यु भएको छ ।

३६ लाख ४५ हजार सक्रिय संक्रमित संख्या पुगेको छ । दुईदिन देखि भारतमा लगातार ४ लाखभन्दा माथ संक्रमित थपिएका छन् । भारत अहिले विश्वकै दोस्रो भाइरस प्रभावित मुलुक बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर