धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण – Nepal Press

धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

काठमाडौं । सगरमाथापछि अब धौलागिरी हिमालमा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए ।

सगरमाथा आधार शिविरमा यसैसाता १७ आरोहीमा भाइरस पुष्टि भएको बीबीसीले उल्लेख गरेको थियो ।

तर, पर्यटन विभागले अहिलेसम्म कुनैपनि नेपाली हिमालहरुमा भाइरस नपुगेको दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *